दलित परिवारलाई कपडा र खाद्यान्न वितरण

बारा, २२ फागुन २०७४ । बाराको महागढीमाई नगरपालिकामा ७५ घर परिवारलाई खाद्यान्न तथा ११५ जनालाई कपडा वितरण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलमा सोमबार एक कार्यक्रमका बीच दलित परिवारलाई राहतस्वरुप खाद्यान्न तथा कपडा वितरण गरिएको हो ।

रेम्बो चिल्ड्रेन होम, पोखरा कास्की तथा जर्मनी नागरिक नैनसीले एक घर परिवार ३० किलो चामल, एक किलो चना, एक लिटर खाने तेल तथा एक किलो नून वितरण गरेका छन् ।

यसैगरी, टोलका ८० जना बालबालिकालाई पोशाक, २० जनालाई सर्ट र १५ जना महिलालाई साडी वितरण गरिएको १० नम्बर वडाध्यक्ष चन्दन साह तेलीले बताउनुभयो ।

वडा नं ३ का वडाध्यक्ष उपेन्द्रप्रसाद जैसवालको सभापतित्व, नगर उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्यमा खाद्यान्न वितरण कार्यक्रममा संस्थाका डा लक्ष्मी थापा गुप्ता, गोमा ढकाल, खिम लामिछाने, तेजनारायण प्रसाद, बृजकिशोर यादव, उद्योग वाणिज्य संघ, गपुरका शाखा अध्यक्ष रुस्तम अंसारी, अमानुल्लाह अली, पूर्वगाविस अध्यक्षद्वय मिश्रिलालप्रसाद कानु र हृदयप्रसाद जैसवाललगायतको सहभागिता रहेको थियो ।

 

  • 21Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: