काश्मिरमा भएको प्रदर्शनको क्रममा छको मृत्यु

भारत, २२ फागुन २०७४ । भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छजनाको मृत्यु भएको छ ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले सोमबार अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो ।

प्रहरीबाट मारिएका छ जना मध्ये चार जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीहरुकाबीचमा झडप भएपछि तनावपूर्ण अवस्था सृजना भएकाले सरकारी निकायहरुले विद्यालय र इन्टरनेट सेवा बन्द गरिदिएका छन ।
एक जना प्रहरी अधिकारीले सुरक्षाकर्मीहरु र प्रदर्शनकारीहरुकाबीचमा लामो समय झडप जारी छ ।

लगातार लामो समयसम्म भएको झडपमा परी के कति जना घाइते भएका छन् भन्ने बारेमा यकिन हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ ।

 

  • 32Read This News:
  • 460740Total reads:
  • 270185Total visitors: