अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको महत्व छ : नेता नेपाल

काठमाडौँ, १६ फागुन २०७४ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताउनुभएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई मंगलवार पुरस्कृत गर्दै उहाँले भन्नुभयो — “मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन नेपालले खेलकुदको विकास र विस्तारमा विशेष जोड दिनुपर्छ ।”

पूर्वप्रधानमन्त्री नेपालले स्वस्थ्य जीवन र सामाजिक सद्भावका लागि पनि खेलकुदको आवश्यकता रहेकाले यसको व्यावसायिकताका लागि जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद शाखाका निर्देशक गंगाबहादुर थापाले राम्रा खेलाडी उत्पादन गर्नका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कलेजका प्रमुख निर्मला सुवालले कलेजमा अध्ययन गर्ने विद्यार्थीको चाप बढिरहेकाले भौतिक पूर्वाधार विकासका लागि सहयोगको अपेक्षा गर्नुभयो ।

खेलकूद शिक्षक तथा भलिबलका राष्ट्रिय रेफ्री इन्दिरा निरौलाले विभिन्न खेलकूद विधामा २७८ जना विद्यार्थी उत्कृष्ट भएको जानकारी दिनुभयो । खेलकूद एक हजार ३०० विद्यार्थी सहभागी भएका थिए ।

 

  • 53Read This News:
  • 406444Total reads:
  • 219786Total visitors: