आगलागी पीडितलाई राहत

रसुवा, १६ फागुन २०७४ । आगलागीका कारण मृत्यु भएका तीन बालबालिकाको अभिभावकलाई मंगलबार स्थानीय प्रशासनले राहत रकम प्रदान गरेको छ ।

प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार गत माघ २७ गते नौकुण्ड गापा–६ सिस्नेरी गाउँमा भएको आगलागीका कारण मृत्यु भएकी ६ वर्षीया अस्मिता मुक्तानका पिता धनबहादुर मुक्तानलाई रु एक लाख र सोही आगलागीमा परी मृत्यु भएकी सात वर्षीया रिपोला मुक्तान एवं तीन वर्षीया मंगली मुक्तानका पिता वीरबहादुर मुक्तानलाई रु दुई लाख १० हजार राहत रकम प्रदान गरिएको हो ।

 

  • 44Read This News:
  • 406444Total reads:
  • 219786Total visitors: