बजेटमा सहमति नभएपछि अमेरिकाको सरकारी काममा प्रभाव

अमेरिका, ६ माघ २०७४ । अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा सरकारी काम काजमा प्रभाव परेको बताइएको छ ।

सो विधेयक पारित भएको भए एक महिनाको लागि सङ्घीय निकायलाई खर्च उपलब्ध हुने व्यवस्था रहेको थियो ।

यद्यपी निकायका कर्मचारी काममा फर्कने दिन सोमबारसम्म त्यसको व्यवहारिक प्रभाव देखिने जस्तो छैन् ।

ह्वाइट हाउसको संसद र सिनेट दुबै सदनमा रिपब्लिकनको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो पटक हो ।

यस अघि पछिल्लो पटक सन् २०१३ मा सरकारी निकाय खर्च विहीन भएर १६ दिनसम्म कामकाज रोकिएको थियो ।

 

  • 26Read This News:
  • 439316Total reads:
  • 251246Total visitors: