आन्दोलनरत नर्ससँग वार्ता गर्न डा विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन

काठमाडौँ, ३ माघ २०७४ । स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य हुनुहुन्छ ।

समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि आज वसेको द्विपक्षीय वार्ता बैठक ढिलो वसेका कारण निष्र्कषमा पुग्न सकेन । वार्ता भोलि पनि जारी रहने छ ।

संघका कावा अध्यक्ष गंगा थापाले आज सामान्य छलफल मात्र भएकाले बिहीबार बिहान ११ बजे औपचारिक वार्ता हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज संघ र संघका पदाधिकारी मात्र वार्तामा थियौँ, भोलि वार्ता टोलीपनि गठन गरी औपचारिक रुपमा वार्तामा जान्छौँ ।”

यसैबीच, नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै ८ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् । विभिन्न अस्पतालमा कार्यरत युवा नर्सहरुले आज माइतीघरबाट बानेश्वरसम्म संयुक्त ¥याली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियू सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पेशागत सम्मान र सुुरक्षा हुनुपर्छ, नर्सिङ संघले राखेका मागमा हाम्रो पूर्ण समर्थन छ, हामीलाई स्वदेशमै ससम्मान काम गरी आफ्नो र परिवारको सपना पूरा गर्ने वातावरण हुनुपर्छ ।”
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।

 

  • 51Read This News:
  • 532704Total reads:
  • 335589Total visitors: