प्रदेश केन्द्र तथा प्रमुख नियुक्त पारिश्रमिक करिव १ लाख तथा अन्य सुविधा

काठमाण्डौ, ३ माघ २०७४ । सरकारले प्रदेश प्रमुख तथा केन्द्र तोकेकोछ । १ नं. को प्रमुखमा गोविन्द सुव्वा र केन्द्र विराटनगर, २ नं.को प्रमुखमा रत्नेश्वरलाल कायस्थ तथा केन्द्र जनकपुर, ३ नं. को प्रमुखमा अनुराधा कोइराला केन्द्र हेटौडा, ४ नं.को प्रमुखमा बावुराम कुँवर र केन्द्र पोखरा, ५ नं. को प्रमुखमा उमाकान्त झा र केन्द्र वुटवल, ६ नं.को प्रमुखमा दुर्गा खनाल र केन्द्र सुर्खेत र ७ नं. प्रदेशको प्रमुखमा मोहनराज मल्ल र केन्द्र घनगढी कायम गरिएकोछ ।

प्रदेश प्रमुखको मासिक तलव रु ६० हजार, भत्ता ४० हजार र लुगा भत्ता वार्षिक १८ हजार तोकेको छ । यस्तै देश तथा विदेश भ्रमणको क्रममा विमा १५ लाखको व्यवस्था गरिएको छभने स्वदेश भ्रमणमा रु ३ हजार र विदेश भ्रमणमा दैनिक २५० डलर दैनिक भत्ताको व्यवस्था गरेकोछ । यो निर्णय २०७४ साल असोज २७ गते संसदले पारित गरेपछि कात्तिक १ गते राष्ट्रपतिवाट प्रमाणिकरण भएको थियो ।

 

  • 34Read This News:
  • 440681Total reads:
  • 252571Total visitors: