समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौँ, २९ मंसिर २०७४ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख १७ हजार ९३० मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ११ लाख ६६ हजार ३९५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख १३ हजार ८७० मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ३ लाख ७१ हजार १३, विवेकशील साझाले १ लाख ९४ हजार ७५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ८६ हजार ९५५, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ७३४, राप्रपा (प्रजातान्त्रिक)ले ७२ हजार ८९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २१५ मत ल्याएको छ ।

 

  • 21Read This News:
  • 453399Total reads:
  • 264567Total visitors: