भारतीय प्रसिद्ध सिने अभिनेता शशीकपूरको ७९ बर्षको उमेरमा निधन

भारत, १९ मङ्सिर २०७४ । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएका छन भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पु¥याएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुन ।

उहाँको आज अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा (करण कपुर, कुणाल कपुर) र एक छोरी हुनुहुन्छ ।

 

  • 82Read This News:
  • 440066Total reads:
  • 251968Total visitors: