पोखराका उत्कृष्ट करदाता सम्मानित

कास्की, ८ मंसिर २०७४ । कर सप्ताह कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालयले बिहीबार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताहको अन्तिम दिन आज कार्यालयअन्तर्गत १० जिल्लाका सबैभन्दा धेरै कर तिर्ने र समयमै तिर्ने करदातालाई सम्मान गरिएको हो ।

कास्कीको पोखरा इञ्जिनियरिङ कलेज, तनहुँको शुभकामना बहुउद्देश्यीय संस्था लि, लमजुङको रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था पब्लिक लि का सञ्चालक सम्मानित भएका हुन् ।

यस्तै स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि, पर्वतको स्नेहा किराना स्टोर्स, गोरखाको कसमस डेभलपमेन्ट बैंक, बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि, म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लि, मुस्ताङको रामलक्ष्मी डिष्टिलरी र मनाङको सिएसी कन्ट्रक्सनका सञ्चालक पनि सम्मानित भएका थिए ।

गण्डकी र धौलागिरि अञ्चलका १० जिल्लामा हाल १ लाख १७ हजार ९२९ करदाता छन् । १० जिल्लाको कार्यक्षेत्रअन्तर्गत पोखरामा आन्तरिक राजस्वको कार्यालय, दमौली र बागलुङमा करदाता सेवा कार्यालय छन् ।

 

  • 49Read This News:
  • 438787Total reads:
  • 250725Total visitors: