स्वामी चन्द्रेशको स्वास्थ्यमा सुधार

काठमाडौँ, ४ मंसिर २०७४ । बूढानीलकण्ठ आश्रमका स्वामी चन्द्रेशको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

फोक्सो र मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि आइतबार उहाँलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वामीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै आएको उहाँको उपचारमा सलग्न अस्पतालका चिकित्सकले जानकारी दिएको आश्रम स्कुलका प्रधानाध्यापक एवं उहाँका उत्तराधिकारी स्वामी गुञ्जनले बताउनुभयो ।

नैतिकतासहितको आधुनिक शिक्षा दिने उद्देश्यले बूढानीलकण्ठ आश्रम स्कुलको स्थापना गर्नुभएका स्वामी चन्द्रेश लामो समय शिवपुरी जंगलमा तपस्या गरेर बस्नुभएको थियो । पछि उहाँले बूढानीलकण्ठमै आश्रम र स्कुल सञ्चालन गर्दै आउनुभएको छ ।

आध्यात्मिक जागरण अभियानका क्रममा उहाँले धेरै पुस्तक पनि प्रकाशन गर्नुभएको छ । उहाँ आश्रममै योग, ध्यानसमेत सिकाउने गर्नुहुन्छ । उहाँले “शिवपुरी आकाश टीचिंग” नामक रेडियो कार्यक्रम पनि संचालन गर्नुहुन्थ्यो ।

 

  • 44Read This News:
  • 459325Total reads:
  • 268845Total visitors: