अमेरिकाको क्यालिफोनिया स्थित एक प्राथमिक विद्यालयक नजिक गोली हानी ५को हत्या १० जना घाइते

अमेरिका, ३० कात्तिक २०७४ । क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको गोली प्रहारवाट ५ व्यक्तिको मृत्यु भएको छ ।

एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । स्थानीय एक टेलिभिजनका अनुसार विद्यालयको नजिकै अचानक ती व्यक्तिले गोली प्रहार गर्न शुरु गरेका थिए । यद्यपि यस घटनाका आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएका छन् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे भएको यस घटनामा ५ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका थिए । घाइते हुनेमा २ जना बालबालिकासमेत रहेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिमा बालबालिका भने नरहेका जनाइएको छ ।

प्रान्तीय राजधानी सक्रामेन्टोबाट करिब १९४ किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा सो घटना भएको थियो ।

विद्यालयनजिकै गोलीको आवाज प्रहरीले सुनेपछि तत्काल त्यस स्थानमा पुगेको बताइएको छ । सक्रामेन्टो बी समाचारपत्रका अनुसार आक्रमणकारी करिव ४३ वर्षका थिए ।

 

  • 44Read This News:
  • 459341Total reads:
  • 268861Total visitors: