सिरियाको उत्तरपश्चिम इदलिब क्षेत्रमा हवाई आक्रमणमा २२ जनाको मृत्यु

सिरिया, ११ कात्तिक २०७३। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।

इदलिबको छेउतिर पर्ने हास सहरमा रहेको एक विद्यालयको प्राङ्गणमा हवाई आक्रमण भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।

सो संस्थाले हवाई आक्रमणमा रुसका युद्धक विमानहरुको संलग्नता रहेको हुनसक्ने बताएको छ ।

अधिकारीक कुनै विवरण नआएकाले अहिलेसम्म प्राप्त विवरणहरुको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

इदलिब अतिवादी समुहको नियन्त्रणमा रहेको क्षेत्र हो । त्यस क्षेत्रलाई लक्षित गरेर धेरै हवाई आक्रमणहरु हुने गरेका छन् ।

 

  • 51Read This News:
  • 480529Total reads:
  • 287998Total visitors: