गणेशमान सिंहको सालिकमा माल्यार्पण

सर्वमान्य नेता स्व.गणेशमान सिंहको १०३ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रत्नपार्कस्थित शान्ति वाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।

काठमाडौँ, २४ कात्तिक २०७४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित भएका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउँदै “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, भन्नुभयो ।

उहाँले बहुदलीय संसदीय व्यवस्था मानेर आएका कम्युनिस्टहरु फेरि एकदलीय कम्युनिस्ट शासन व्यवस्था कायम गर्छु भन्नु गलत कुरा भएको भन्दै विश्वमा समाप्त भएको कम्युनिस्ट व्यवस्था नेपालमा लागू हुन नसक्ने स्पष्ट पार्नुभयो ।

 

  • 52Read This News:
  • 506076Total reads:
  • 309399Total visitors: