खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

कतार, २ कात्तिक २०७४ । कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ ।

इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ ।

समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौँ, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उहाँले भन्नुभयो ।

कतारी राजा अल थानीले थप्नुभयो, “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।”

कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए ।

गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् ।

कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ ।

 

  • 35Read This News:
  • 440270Total reads:
  • 252168Total visitors: