भियतनाममा भीषण वर्षा, बीसको मृत्यु कैयौँ बेपत्ता

भियतनाम, २६ असोज २०७४ । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार ५ जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् ।

भीषण वर्षाका कारण बाँधहरु भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको समाचारमा जनाइएको छ ।

प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले गर्दा हजारौँको संख्यामा पंक्षी पनि मरेको बुधबार जानकारी दिएको छ ।

मृत्यु भएका मध्य ८ जना घेआन, ५ जना उत्तरी सोन ला, ४ जना उत्तरी होआ बिन्ह र ३ जना मध्य थान्ह होआ प्रान्तका रहेका छन् ।

त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ ।

गत मङ्गलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढी पहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत योजना पनि क्षतविक्षत भएका छन् ।

 

  • 23Read This News:
  • 441721Total reads:
  • 253589Total visitors: