स्वास्थ्य मन्त्रालयको निर्देशनमा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन

सिराहा, २४ असोज २०७४ । सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, एच के मेडिकल हल, कुशवाहा मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हललाई पत्र काटेर यस्तो निर्देशन दिनुभएको हो ।

स्वास्थ्य मन्त्रालयबाट अस्पताल परिसरभित्र कुनै पनि औषधि पसल राख्न नदिने र सञ्चालनमा रहेका पसल तत्काल बन्द गर्न लगाउनु भन्ने परिपत्र आएकोले अस्पताल विकास समितिको बैठकले सञ्चालन गर्न दिएका औषधि पसलको बाँकी भाडा फिर्ता गरी सटर खालिगर्न पत्र काटिएको मेसु डा कुशवाहाले जानकारी दिनुभयो ।

 

  • 34Read This News:
  • 504738Total reads:
  • 308184Total visitors: