बहुलाहा कुकुरले टोकेको गाई मरेपछी दूधखाने दशजना उपचारमा

कञ्चनपुर, १८ असोज २०७४ । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताउनुभयो ।

गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु उपचारका लागि अस्पताल पुगेका थिए ।

 

  • 27Read This News:
  • 417464Total reads:
  • 230220Total visitors: