रुवाण्डा, ३० भाद्र २०७४ । रुवाण्डामा सोमबार आएको भीषण बर्षाका कारण २२१ परिवार घरबार विहीन भएका छन् ।
पुर्बी रुवाण्डाको गोमा जिल्लामा आएको बर्षाका कारण उनीहरू घरबार विहीन भएको प्रकोप व्यवस्थापन तथा शरणार्थी मामिला मन्त्रालयले ढिलोगरी बिहीबार जनाएको छ ।
विस्थापित भएकाहरूलाई अस्थायी आश्रयका लागि छिमेकी ठाँउका बासिन्दाको घरको आवश्यकता परेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रभावित नागरिकको सहयोगका लागि सरकारी अधिकारीहरूले घटनास्थलको अवलोकन गरी पिडितहरूलाई प्रारम्भिक आपतकालिन सहयोग सामग्रीहरू पठाइएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मन्त्रालयले विस्थापितहरुलाई सधै छिमेकीको घरमा राख्न नसकिने भएकाले तत्काल अस्थायी बासस्थानको आवश्यकता परेकाले स्थानीय नेताहरूले त्यसमा सहयोग गर्न आह्वान पनि गरेको छ ।
पुर्वी अफ्रिकी मुलुक रुवाण्डामा गत अगस्तदेखि पटक पटक विभिन्न ठाँउमा परेको भिषण बर्षाका कारण झण्डै ४ सय घर क्षतिग्रस्त भएका छन् भने ७६ हेक्टरको खाद्य उत्पादन नष्ट भएको छ ।


