एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

काठमाडौँ, २१ भाद्र २०७४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोले पक्राउ परेको व्यक्तिसँग १ हजार २२५ युरो, ९ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, ४ थान मोबाइल र १ थान ल्यापटप बरामद गरेको छ ।

ब्यूरोले हालसम्म एटिएमबाट ठगीमा ४ रोमानियन, ३ टर्किस, २ बुल्गेरियन, ४ माल्दोभियन र २ भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको छ । पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कारबाही हुने ब्यूरोले जनाएको छ ।

 

  • 27Read This News:
  • 459220Total reads:
  • 268744Total visitors: