कस्केलीको विद्युत महशुल तिर्न वाँकी १६ करोड

कास्की, २० भाद २०७४। नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता रु १६ करोड २ हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको रु १ लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको रु १० हजार र अन्य सरकारी कार्यालयको रु ३ लाख ६८ हजार रहेको छ । कार्यालयले आ.व. २०७३/७४ मा विद्युत् महशुल रु १ अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु २ करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ ।

 

  • 31Read This News:
  • 459202Total reads:
  • 268733Total visitors: