काठमाडौं, २५ साउन २०७४ । । पछिल्लो समयमा नेपालको सांगीतिक वातावरणलाई तीज गीतले राताम्य बनाएको छ । यहि भिडमा गायिका पविता शर्माले ‘वर्ष दिनमा आउने तीजको चाड’ बोलको गीत पनि थपेकी छिन् ।
गायिका पविता शर्माको स्वर रहेको ‘वर्ष दिनमा आउने तीजको चाड’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुमित खड्काको संगीत रहेको उक्त गीतको निर्देशन भने होम बस्नेतले गरेका हुन् । गीतमा महेश मार्शेलीको शब्द रहेको छ । बिराटनगरको रमणिय लोकेशनमा गीतको छायांकन गरिएको संगीतकार सुमितले हामीलाई बताए ।
News Source:http://musickhabar.com/2017/08/09/19740/


