कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर, २० साउन २०७४। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी आंशिकतर्फ ९ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा ४ हजार १३७ जना परीक्षार्थी अर्थात् ४३.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ ।

 

  • 42Read This News:
  • 512033Total reads:
  • 315236Total visitors: