रोबोटिक्स पदक जित्ने बालिकालाई अफगान राष्ट्रपतिको बधाई

अफगानिस्तान, ८ साउन २०७४। हालै अमेरिकामा आयोजित रोबोटिक्स प्रतियोगितामा पदक जित्ने अफगान बालिकालाई अफगानिस्तानका राष्ट्रपतिले बधाई दिनुभएको छ ।

यसै हप्ताको सुरुमा अमेरिकामा सो प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताका लागि अफगानिस्तानबाट ६ जना बालिका त्यहाँ सहभागि भएका थिए ।

सो प्रतियोगिताको गत मङ्गलबार भएको प्रतिश्पर्धामा अफगान बालिकाले रजत पदक जितेका थिए

विश्वका सय भन्दा बढी देशका बालिकाबीच भएको सो प्रतियोगितामा सहभागिताका लागि र पदकका लागि राष्ट्रपति असरफ घानीले बधाई ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि ती बालिकाले अमेरिका जाने प्रवेशाज्ञा नपाएकोले बालिकाले विशेष निवेदन लेखी अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमा अनुरोध गरेपछि प्रवेशाज्ञा पाएका थिए ।

सो प्रतियोगितामा सिरियाका शरणार्थी बालिकाका साथै अमेरिकाले प्रवेशाज्ञा नदिने सूचीमा राखेका मुस्लिम देशका बालिकाहरु पनि रहेका थिए । सो प्रतियोगितामा उनीहरुको सहभागितालाई निकै आकर्षक रुपमा लिइएको थियो ।

Video source: Aljazeera

 

  • 40Read This News:
  • 459677Total reads:
  • 269182Total visitors: