डुङ्गा डुब्दा क्यामरुनमा ३४ सैनिक बेपत्ता

क्यामरुन, ३ साउन २०७४। क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । सेनाले आईतबार भएको सो घटनामा उद्धार समुह भन्दा बाहिरका अरु ३ जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।

रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताउनुभयो ।

पानीको तरङ्ग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् ।

 

  • 33Read This News:
  • 485257Total reads:
  • 290257Total visitors: