‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ दाहाललाई

Photo source: Shabdakosh

काठमाडौँ, ३० असार २०७४ । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ यज्ञनिधि दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

फाउण्डेशनका अध्यक्ष इ सन्ध्या रेग्मीको संयोजकत्वमा गठित छनोट समितिले नेपाली साहित्य तथा सञ्चारका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका दाहाललाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि रु ५० हजार रहने छ ।

फाउण्डेशनका अध्यक्ष रेग्मीले आफ्नो पिता कमलराजको सम्मानमा स्थापना गरेको सो पुरस्कार शिक्षा, साहित्य र समाजसेवाका माध्यमबाट मुलुकको विकासमा क्रियाशील एक जनालाई प्रत्येक वर्ष प्रदान गरिने जनाइएको छ । पुरस्कार यही असार ३१ गते प्रदान गरिने कार्यक्रम छ ।

 

  • 39Read This News:
  • 459610Total reads:
  • 269116Total visitors: