पोखराको प्रमुख सडकहरुमा साउन १ गतेदेखि सवारी साधनले हर्न वजाउन नपाउने

कास्की, २३ असार २०७४। जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ ।

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताउनुभयो । सार्वजनिक गरिएको एक महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध बोर्ड राख्ने, प्रेसर हर्न नियन्त्रण कार्यक्रम तथा हर्न बजाउन नपाइने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छन् ।

प्रहरी निरीक्षक अधिकारीकाअनुसार, यस सम्बन्धमा चालकलाई प्रशिक्षण दिने, जेब्रा क्रसिङ सचेतना र चालक तथा पैदल यात्रीलाई पर्चा वितरण, दुर्घटनाग्रस्त क्षेत्रमा होर्डिङ बोर्डहरु राख्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी सम्बन्धमा सचेत गराई हुन सक्ने सम्भावित जोखिमहरु जस्तै मानिसको मृत्यु, अपाङ्ग, अङ्गभङ्ग तथा सम्पत्ति क्षति कम गर्न पनि कार्यालयले विभिन्न कार्यक्रम गर्ने वताइएको छ । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण जिल्लाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

 

  • 46Read This News:
  • 480680Total reads:
  • 288139Total visitors: