बीएन्डसी अस्पतालमा सात लाखमा घुँडाको सफल प्रत्यारोपण

झापा, २३ असार २०७४। अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ ।

वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा. निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिनुभयो ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भन्नुभयो, “भारतको सिलगढी, पञ्जाब, काठमाडौँको ग्राण्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएँन तर बी एण्ड सीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरे घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।”

“अष्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ” उहाँले भन्नुभयो, एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ सात लाखमा नै उपचार भयो । उपचारमा संलग्न डा पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताउनुभयो । फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा. पराजुलीले जानकारी दिनुभयो ।

 

  • 71Read This News:
  • 459698Total reads:
  • 269201Total visitors: