दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

जापान, २३ असार २०७४। दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता भएका जनाइएको छ । साथै यस बाढीका कारण लाखौँ व्यक्ति आफ्नो बासस्थनाबाट भागेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

अविरल वर्षाको कारण नदीहरुमा पानीको बहाब बढ्दा बाढी आएको हो । हजारौँ सैनिक र उद्धारकर्तालाई उद्वारका लागि खटाइएको थियो ।

उद्वारका लागि खटेका व्यक्तिको पनि सञ्चार माध्यमसँग सम्बन्ध विच्छेद भएको अधिकारीले जनाएका छन् ।

‘हामी हाल अत्यन्त गम्भीर अवस्थामा छौँ’ उपप्रधानमन्त्री तारो आसोले भन्नुभएको छ । उहाँले अझै पनि कैयौँ व्यक्ति हराएका छन् र नजिकैका पहाडमा पहिरो जानसक्नेजस्तो देखिएको छ, भन्नुभएको छ ।

पहाडी इलाकाहरु भत्किरहेका र डरलागदो अवस्था रहेको चेतावनी पनि उहाँले दिनुभएको छ । अझै पनि कैयौँ व्यक्ति वेपत्ता रहेको भन्दै उहाँले उद्वारकार्यमा पनि अत्यन्तै समस्या उत्पन्न भएको समेत उहाँले जानकारी दिनुभएको छ ।

दक्षिणीपश्चिमी जापानको ४ वटा द्वीपमा रहेको क्युसुमा ५० सेन्टिमिटर भन्दाबढी वर्षा भएको त्यहाँको जलवायु विज्ञान विभागले जानकारी दिएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर रहेको अविरल वर्षा शुक्रबारसम्म जारी रहने सो विभागले जानकारी दिएको छ ।

क्युसुको प्रभावित इलाकामा ७ हजार ५ सय प्रहरी र सैनिक उद्वारकर्ताको सहभागिता रहेको मन्त्रिपरिषदका प्रमुख प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ ।

Rescue workers from Japan's Self Defense Force search through debris piled over a house completely demolished by flooding caused by heavy rain in Toho, Fukuoka prefecture, southwestern Japan Thursday, July 6, 2017. Troops worked Thursday to rescue hundreds of people stranded by flooding in southern Japan. (Nozomu Endo/Kyodo News via AP)
Rescue workers from Japan’s Self Defense Force search through debris piled over a house completely demolished by flooding caused by heavy rain in Toho, Fukuoka prefecture, southwestern Japan. Photo: Nozomu Endo/Kyodo News via AP
Japanese soldiers help local residents evacuate from flooded area in Asakura, Fukuoka prefecture, on July 6, 2017. At least 15 people are missing after huge floods swept away houses in southern Japan, tearing up roads as roiling waters surged through villages, authorities said, after unprecedented rainfall.JAPAN OUT / AFP PHOTO / JIJI PRESS / STR / Japan OUT
Japanese soldiers help local residents evacuate from flooded area in Asakura, Fukuoka prefecture. AFP PHOTO
A local resident looks at a broken bridge due to heavy flooding in Asakura, Fukuoka prefecture, on July 6, 2017. At least 15 people are missing after huge floods swept away houses in southern Japan, tearing up roads as roiling waters surged through villages, authorities said, after unprecedented rainfall.JAPAN OUT / AFP PHOTO / JIJI PRESS AND AFP PHOTO / STR / Japan OUT
A local resident looks at a broken bridge due to heavy flooding in Asakura, Fukuoka prefecture. AFP PHOTO / JIJI PRESS

 

  • 45Read This News:
  • 459759Total reads:
  • 269256Total visitors: