‘शीरफुल हरायो’ तीज भाका लिएर आइन पारु अधिकारी

काठमाडौँ, २१ असार २०७४ । लामो समयदेखि शिक्षण पेशामा रही हाल आफ्नै व्यवसाय गर्दै आउनुभएकी महिला व्यवसायी पार्वती अधिकारीले (पारु अधिकारी)ले ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा ल्याएकीछिन ।

‘शिरफूल हरायो गैरी खेत रोपाइँमा, हेरी दिऊँ मायाले दर्पण छायाँले’ भन्दै अधिकारीले पश्चिम नेपालको भाकालाई बजारमा ल्याएको हो । सानैदेखिको गायन र नृत्यको सोख भएको बताउने अधिकारीले घरायसी र पेशागत व्यस्तताले पहिले आफ्नो सोख पूरा गर्न नसकेको बताउँदै बच्चाहरु हुर्किसकेपछि श्रीमानको सहयोगमा तीज गीत बजारमा ल्याएको बताए ।

उनले “अहिले तीजको महत्व उस्तै भए पनि आफैँ गाएर नाच्दै रमाइलो गर्ने क्रम घट्दो छ, विभिन्न खाले गीत बजारमा आउन थालेको तर मौलिकता हराउँदै गएको छ, तीजको मौलिकतालाई पनि संरक्षण गर्नुपर्ने हाम्रै जिम्मेवारी हो ।”

यस गीतको शब्द सङ्कलन महानन्द ढकालको छ भने गीतमा गायिका अधिकारीका साथमा उहाँकी छोरी यासना अधिकारीले नृत्य गरेकीछिन । नृत्यनिर्देशन सुमनसागर जङ्ग केसीको रहेको छ ।

अधिकारीको गीतमा मौलिकरुपमा जीवन्त राख्दै दिदीबहिनीका आपसी रमाइला भावना समेटिएको छ । नेपाली महिलाको महान् चाड हरितालिका तीज आउन महिना दिन बाँकी छँदै तीजका गीत बजारमा आउन थालिसकेका छन् । पछिल्लो समय पेशागत गायकगायिकाले मात्र नभई रहरका लागि पनि गीत निकाल्ने चलन बढेको छ ।

यस गितलाई म्युजिक नेपालले वजार प्रवद्र्धन गरेकोछ ।

 

  • 77Read This News:
  • 459633Total reads:
  • 269139Total visitors: