जी–२० सम्मेलनस्थल ह्यामवर्गमा हजारौं जर्मनद्वारा प्रदर्शन

Photo source: Aljazeera

जर्मनी, १९ असार २०७४। जर्मनीको उत्तरी क्षेत्रमा रहेको शहर ह्यामवर्गमा गु्रप अफ ट्वान्टी (जी–२०) सम्मेलन हुन करिब एक हप्ता बाँकी रहँदा हजारौं जर्मन नागरिकले भने आइतबार पहिलो विशाल विरोध प्रदर्शनको आयोजना गरेका छन् ।

करिब ४ हजारको सङ्ख्यामा शहरको मध्य भागमा भेला भई विश्वका प्रमुख विकशित र विकासोन्मुख राष्ट्रले जलवायु तथा व्यापार नीतिका विषयमा सुधार गर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।

विरोधमा वातावरण, श्रम, मानव अधिकारकर्मी तथा क्रिश्चियन धर्मावलम्वीको सहभागिता रहेको बताइएको छ । स्थानीय अधिकारीले भने सम्मेलनको सुरक्षार्थ भन्दै शहरका विभिन्न भूभागमा प्रदर्शन निशेधित क्षेत्रको घोषणा गरेको छ ।

यसैवीच जर्मन चान्सलर एन्जेला मर्केलले एक भिडियो सम्बोधन गर्दै प्रदर्शनको नेतृत्व गरेका नेताहरूसँग वार्ता गरी
शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्न सकिने भन्दै छलफमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

यही जुलाई ७ र ८ तारिखमा जी–२० समूहको सम्मेलन हुदैछ ।

 

  • 38Read This News:
  • 484446Total reads:
  • 289802Total visitors: