कोलोम्बिायामा खानी विस्फोट दुइको मृत्यु ११ बेपत्ता

कोलोम्बिाया, ११ असार २०७४। मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आधिकारीक जानकारीअनुसार बेपत्ता कामदारको खोजीको लागि उद्धाराकार्य जारी रहेको छ ।

उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको सो खानी विस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार यस विस्फोटनको कारण हालसम्म प्रष्ट नभएको र यस विस्फोटमा परी अन्य एक व्यक्ति घाइते भएका छन् ।

शुक्रबार बिहान सवेरै दिएको जानकारीअनुसार यस विस्पोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ बेपत्ता भनिएको थियो । तर पछि उक्त सङ्ख्या परिवर्तनसहितको समाचार दिइएको थियो ।

औपचारिक भ्रमणको क्रममा फ्राँस पुग्नु भएका कोलोम्बिया राष्ट्रपति जुआन म्यानुएल सान्तोसले ट्वीटरमार्फत आफू पिडितको साथमा रहेको बताउनुभएको छ ।

सो खानीमा फर्सेका कामदारहरुलाई उद्धार गर्नको लागि राति पनि प्रयास जारी रहेको संकटकालीन व्यवस्थान एकाइका निर्देशक विलसन गर्सियाले बताउनु भएको छ ।

 

  • 93Read This News:
  • 481303Total reads:
  • 288689Total visitors: