पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा १० दिने उदघोषण तालिम सम्पन्न

कास्की, ९ असार २०७४ । आदिवासी जनजाति महासङ्घ पोखरा महानगरपालिकाले आयोजना गरेको उद्घोषण तालिमबाट एकैपटक ३५० जनाभन्दा बढी प्रशिक्षित भएका छन् । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा गत जेठ २८ गतेदेखि १० दिनसम्म प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षणको बुधबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्बन्धित वडाध्यक्ष तथा आदिवासी जनजाति महासङ्घ कास्कीका अध्यक्ष पानबहादुर घर्ती लगायतले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिसीले तालिम उपलब्धिमूलक भएको बताउँदै यसलाई व्यावहारिक रुपमा उपयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष घर्तीले तालिमले आदिवासी जनजातिका आवाज जनमानसमा पुर्याउन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्घोषण तालिमले व्यक्तिको व्यक्तित्व विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिमको रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र रेडियो अन्नपूर्णका वरिष्ठ कार्यक्रम प्रस्तोता सन्देश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

 

  • 79Read This News:
  • 459273Total reads:
  • 268795Total visitors: