मध्य अफ्रिकामा भएको झडपमा परी एक सयको मृत्यु

मध्य अफ्रिकन गणतन्त्र, ८ असार २०७४ । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो । उक्त रक्तपात मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट सुरु भएको बताइएको छ ।

सो हिंसामा मारिएका पछिल्लो विवरणको पुष्टि सो सहरका मेयरले गर्नुभएको छ । सुरुमा दिइएको मृतकको सङ्ख्या ४० रहेको थियो । पछि सो सङ्ख्या दोब्बर नै भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

 

  • 77Read This News:
  • 459618Total reads:
  • 269124Total visitors: