नाइरोबीमा ७ तलेभवन भत्किँदा कैयौँ पुरिएको आशङ्का

केन्या, ३१ जेठ २०७४। केन्याको राजधानी नाइरोबीमा सोमबार राति एक ७ तले भवन भत्किएर भएको दुर्घटनामा परी कैयौँ व्यक्ति पुरिएका उद्धार अधिकारीले जानकारी दिएको छ ।

यस भवनमा बसोबास गरिरहेका कैयौँ व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । तर पनि त्यहाँ केही व्यक्तिहरु हराइरहेका वा पुरिएर रहेका हुनसक्ने अनुमानका गरिएकोछ ।

सो भवनमा १२१ व्यक्ति बासोबास गरिरहेका थिए । तर तीमध्ये कतिजनालाई उद्वार गरियो र कति पुरिएका छन् भन्ने बारेमा खोजी जारी रहेको छ ।

व्यक्तिहरु कैयौँको सङ्ख्यामा पुरिएको अनुमान गरिएकोले उद्धार प्रयास जारी रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

  • 88Read This News:
  • 459284Total reads:
  • 268806Total visitors: