इजिप्टका ८ जना फुटबल प्रशंसकलाई २ वर्ष जेल सजाय

इजिप्ट, २७ जेठ २०७४ । इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ ।

सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजको वेबसाइटमा जनाएको छ ।

उनीहरुलाई यही वर्षको फेब्रुअरीमा पक्राउ गरिएको थियो । सोही दङ्गासँग जोडिएको मुद्दामा यस पहिले १० जनालाई मृत्युदण्ड दिइएको थियो भने दर्जनौँ फुटबल प्रशंसकलाई १० देखि १५ वर्षको जेल सजाय तोकिएको थियो ।

 

  • 94Read This News:
  • 459647Total reads:
  • 269153Total visitors: