कास्की, २७ जेठ २०७४ । माछापुच्छ्रे क्रिकेट क्लबले १६ वर्ष मुनि उमेर समूहका लागि संचालित एकेडमि कप टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा जित हात पारेको छ ।
पोखरामा आजदेखि शुरुभएको प्रतियोगिताको पहिलो खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले स्याङ्गजा क्रिकेट एकेडमिलाई २ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा पोखरा क्रिकेट एकेडमीले रोक ११ क्रिकेट क्लबलाई ४१ रनले पराजित गरेको थियो ।
माछापुच्छ्रे क्रिकेट क्लबद्वारा आयोजित प्रतियोगितामा सहभागि ८ वटा विभिन्न टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार र दोस्रो हुने टोलीले ३५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएकोछ ।


