काठमाण्डौ, २७ जेठ २०७४ । दिनेश योञ्जनको ह्याट्रिक संगै त्रिभुवन आर्मी १८ वर्ष मूनी उमेर समुहका लागि संचालित ललित स्मृती फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको सातदोबाटो स्थित मैदानमा आज भएको दोस्रो सेमिफाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४/० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
नेपाल आर्मीका लागि आर्को एक गोल प्रिजेन तामाङ्गले गरेका थिए ।
एन्फा मैदानमा आजै भएको पहिलो सेमिफाईनलमा संकटाले पे्रmन्डस् क्लबलाई टाई ब्रेकरमा ४/२ गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान शुरक्षित पारेको थियो ।
निर्धारित समय १/१ गोलको बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय पेनाल्टि सुट आउटवाट गरिएको थियो ।
त्रिभुवन आर्मी क्लब र संकटा क्लबबिचको फाईनल खेल एन्फा मैदानमा आगामी सोमबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने क्लबले ३ लाख र दोस्रो हुने क्लबले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।


