तनहुँ, २४ जेठ २०७४ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब १ हजार ५०० कुखुरा मरेका छन् ।
व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा ४ हजार ६०० पालेकामध्ये १ हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई÷तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो ।
साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि व्यावसायिक रुपमा अन्डा दिने कुखुरा पालन गर्दै आएको छ ।
कुखुराको विमा गरेको हुँदा केहि राहत पाइने आशामा श्रेष्ठलाइछ ।
त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० मरेकोछ। उक्त कुखरा मर्दा करिब रु २ लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिनुभयो ।
ब्वायलर जातको कुखुरा व्यवसायमा विमा कंम्पनीले बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उहाँले बताउनुभयो ।


