अन्ततः गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल पक्राउ परे रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोपमा

काठमाडौँ, ४ कात्तिक २०७३। गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

गीतकार दाहाल विसं २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए । त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो ।

गीतकार दाहाल दुईपटक गीतकार सङ्घको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’, लगायत गीतिसङ्ग्रह प्रकाशित भएका छन् ।

 

  • 61Read This News:
  • 458927Total reads:
  • 268473Total visitors: