श्रीलङ्कामा स्वयंसेवकसंग सरकारको सहयोगको याचना

श्रीलङ्का, १७ जेठ २०७४। श्रीलङ्कामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारकार्यको लागि स्वयमसेवकलाई सरकारले सहयोगको याचना गरेको छ ।

श्रीलङ्कामा आएको यस भीषण बाढीपहिरोमा परी हालसम्म १८३ व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं सर्वसाधारण सफा पानी पिउनबाट पनि बञ्चित भएका छन् ।

बाढीको कारण खानेपानिका जलस्रोत पनि दूषित पार्ला भनेर सरकारद्वारा सञ्चालित टेलिभिजनबाट उद्धार कार्यमा संलग्न सहयोगीलाई पानीका स्रोत सफा राख्न अनुरोध गरिएको छ ।

श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)का अनुसार सो प्रकोपका करिब ६ लाख व्यक्ति विस्थापित हुनुपरेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् ।

एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब छ लाख सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि हजाराँै सैनिक तैनाथ गरिएको हो ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा करिब ५ ६ लाखभन्दा बढी जनतालाई बाढिपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो भने, ती व्यक्तिको उद्धार सामग्री आपूर्तिको लागि हजारौँ सैनिक तैनाथ गरिएको छ ।

उक्त बाढी र पहिरोमा परी हालसम्म १८३ जनाको मृत्यु हनुको साथै ११० जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि मङ्गलबार विहान पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका करिब एक सयलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी पश्चिमी क्षेत्रका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढिपहिरो विगत १४ वर्षपछिको सबैभन्दा भयङ्कर ठुलो भएको बताइएको छ ।
समथर भू–भाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् । यस प्रकोपमा मारिएका १८३ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मृत्यु भएको श्रीलङ्काका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताउनुभएको छ ।

उहाँका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिविरमा लग्नुपरेको थियो ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यसवर्ष परेको भीषण वर्षातले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए ।

 

  • 51Read This News:
  • 438946Total reads:
  • 250882Total visitors: