चक्रपथ सडक कालोपत्र गर्न स्थानीयवासीको २५ लाख

लमजुङ, १४ जेठ २०७४ । सदरमुकाम बेसीसहरका स्थानीयवासीले रकम सङ्कलन गरी सडक कालोपत्र गरेका छन् ।

बेँसीसहर नगरपालिका–८ का बासिन्दाले रु २५ लाख सङ्कलन गरी चक्रपथ सडकखण्ड अन्तर्गत ३८५ मिटर सडक कालोपत्र गरेका हुन् । सो सडक कालोपत्रको लागि उपभोक्ताबाट रु २५ लाख सङ्कलन भएपछि बेशिसहर नगरपालिकाबाट रु २५ लाख प्राप्त भएको र यस काममा रु ५० लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष भरत पौडेलले बताउनुभयो ।

सडक कालोपत्र गर्न सडकमा घर हुनेबाट प्रति मिटर ३ हजार रुपैया र सडकदेखि ५० मिटर पछाडी घरजग्गा हुनेबाट प्रतिमिटर १ हजार ५ सय उठाइएको उपभोक्ता समितिका सचिव अर्जुन अधिकारीले बताउनुभयो ।

 

  • 38Read This News:
  • 439600Total reads:
  • 251507Total visitors: