काठमाडौँ महानगरको प्रमुखमा एमालेका शाक्य उपप्रमुखमा काँग्रेसका खडगी विजयी

काठमाडौँ, १४ जेठ २०७४ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

२ सातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गर्नुभयो ।

कुल २ लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो भने ६ हजार १८३ मत बदर भएको थियो ।

 

  • 45Read This News:
  • 440747Total reads:
  • 252635Total visitors: