बेलायतद्वारा आतङ्कवादी खतरालाई ‘उच्च संवेदनशीलबाट सुधारतर्फ’

बेलायत, १४ जेठ २०७४। बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शनिबार आफ्नो मुलुक आतङ्कवादी खतराको ‘उच्च संवेदनशील अवस्थाबाट सुधारोन्मुख दिशा’मा अघि बढेको भए पनि अझै संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ ।

सोमबार म्यानचेस्टरमा भएको आतङ्कवादी हमलामा परी २२ जना सर्वसाधारणको मृत्यु भएपछिको अवस्थालाई मूल्याङ्कन गर्दै प्रधानमन्त्री मेले भन्नुभयो, “अब राष्ट्रको सुरक्षास्थिति ‘अतिसंवेदनशीलबाट संवेदनशील अवस्था’ मा आइपुगेको छ ।”

उहाँले शनिबार एक विज्ञप्ति जारी गर्दै मुलुकको बितेका २४ घन्टाभित्र सुरक्षा स्थितिलाई नजर राख्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको र अहिलेसम्म ११ जनालाई आतङ्कवादी हमलाको आरोपमा प्रहरी हिरासतमा लिइएको बताउनुभएको छ ।

 

  • 26Read This News:
  • 480817Total reads:
  • 288271Total visitors: