सेती जलविद्युत् आयोजनाले गर्यो ४० करोड मुआब्जा वितरण

काठमाडौँ, १२ जेठ २०७४। तनहुँ सेती जलविद्युत् जलविद्युत् आयोजनाले हालसम्म रु ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ ।

आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो । चालु आवको बजेट वक्तव्यमा सो आयोजनाको प्रभावितका लागि रु ४२ करोड मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको कुल १ हजार २०० रोपनीमध्ये हालसम्म पचास प्रतिशतभन्दा बढीलाई मुआब्जा वितरण गरिएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले राससलाई जानकारी दिनुभयो । मुआब्जा बाँड्ने क्रममा रकम अपुग भएका खण्डमा थप बजेट विनियोजन गरेर भए पनि निर्माण अगाडि बढाइने आयोजनाले जनाएको छ ।

आयोजनाले घरजग्गाको मात्रै नभई घर टहरा, गोठ, फलफूल, तथा अन्य भौतिक संरचनाको समेत मुआब्जा एवम् क्षतिपूर्ति वितरण गर्दै आएको छ । यस्तै आयोजनाको पहुँच मार्ग निर्माण तथा कालोपत्र गर्ने कार्य पनि सँगसँगै अगाडि बढेको छ ।

तनहुँको पृथ्वी राजमार्गको बेनीटारदेखि करिब दुई किमी सडक कालोपत्र भएको, आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण आधारका रुपमा रहेको ठेक्का प्रक्रियासमेत अन्तिम चरणमा पुगेको तथा प्याकेज एकअन्तर्गतको ठेक्का प्रक्रियाको मूल्याङ्कन भइरहेको गौतमले जानकारी दिनुभयो ।

 

  • 27Read This News:
  • 441652Total reads:
  • 253520Total visitors: