नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ २०७४ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले– २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान १-१ गोल गरिन् । यता नेपालका लागि भने कप्तान सजना रानामगरले १ सान्त्वना गोल फर्काइन् ।

 

  • 37Read This News:
  • 442583Total reads:
  • 254442Total visitors: