प्रधान मन्त्री कप एक दिवशिय क्रिकेटमा त्रिभुवन आमीको विजयी शुरुवात

काठमाण्डौ, १० जेठ २०७४ । प्रधान मन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिता २०७४ मंगलबार देखि किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शुरु भयो ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गरेको थियो ।
पूर्वाञ्चलले ३२.३ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

आर्मीले १८.४ ओभरमा १ विकेट खर्चेर विजयी लक्ष्ये प्राप्त गरेको थियो ।

आर्मी क्लबका लागि अनिल कुमार मण्डलले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।
अविजित रहेर ४० रनको योगदान गर्नुका साथै ५ विकेट पनि लिन सफल आर्मी क्लबका शागर पुने प्लेएर अफ दि म्याच घोषित भै पुनले ५ हजार रुपैँया पुरस्कार प्राप्त गर्यो ।

 

  • 39Read This News:
  • 442706Total reads:
  • 254564Total visitors: