ललितपुर, १० जेठ २०७४। ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ ।
नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गर्नुभएको छ ।


