साउदी सम्मेलन अर्थहीन नाटकमात्रै : रुहानी

इरान, ९ जेठ २०७४। इरानका हालै पुनः निर्वाचित हुनुभएका राष्ट्रपति हसन रुहानीले सोमबार इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत गर्नुभएको सम्बोधनमा हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलन राजनीतिक महत्वविनाको एउटा नाटकमात्र भएको बताउनुभएको छ ।

रुहानीले भन्नुभएको छ, “आतङ्कवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान हुँदैन ।” रुहानीको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी हुनुभएको सम्मेलन र उहाँको सम्बोधनलाई इङ्गित गर्दै आएको हो ।

ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतङ्कवादी गतिविधिका कारण समस्या झेल्नु परेको र यसलाई सबै मिलेर परास्त गर्नेपर्ने भनी आइतबार गरेको सम्बोधनलाई लिएर रुहानीको भनाई आएको हो । रुहानीले अमेरिकासँग साउदी अरबले हालै गरेको हतियार खरिद सम्झौताको कटाक्ष गर्दै भन्नुभएको छ, अमेरिकी सरकार मध्यपूर्वको आतङ्कवादविरुद्ध कहिल्यैँ लडेको छैन ।

रुहानी गत शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्त गरी इरानी राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको हो ।

 

  • 20Read This News:
  • 502832Total reads:
  • 306309Total visitors: