बाँकि चार प्रदेशमा मुख्य निर्वाचन कार्यालय स्थापना गरी कार्यशुरु

काठमाडौँ, ६ जेठ २०७४। दोस्रो चरणको स्थानीय तहको जेठ ३१ गते बुधबार हुने निर्वाचनका लागि आजदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्णरुपमा सञ्चालन भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आजदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

प्रदेश नं १, २, ५ र ७ गरी चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।

दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १ सय ५६ नगरपालिका र २ सय ९३ वटा गाउँपालिका गरी ४ सय ६१ स्थानीय तहमा हुनेछ । यो निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीका लागि तालिम सञ्चालन गर्नेछन् ।

निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । कूल ४ सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणको निर्वाचनमा ११ हजार ९ सय ३१ वटा मतदान केन्द्र रहनेछन् ।

 

  • 27Read This News:
  • 448594Total reads:
  • 260066Total visitors: